एनसेललाई ठूला करदाता कार्यालयकाे परिपत्र: ७ दिनभित्र ३९ अर्ब कर तिर्नू

एनसेललाई ठूला करदाता कार्यालयकाे परिपत्र: ७ दिनभित्र ३९ अर्ब कर तिर्नू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ठूला करदाता कार्यालयले सर्वाेच्च अदालतको पूर्ण पाठ आएलगत्तै एनसेल प्रालि बिक्रीमा लाग्ने पूँजीगत लाभकर ३९ अर्ब ६ करोड ६ लाख रुपैयाँ निर्धारण गरेको छ।

मंगलबार कार्यालयले एनसेलले ८० प्रतिशत स्वामित्व बिक्री गर्दाको लाभकर निर्धारण गरेर एनसेललाई पत्र पठाउँदै ७ दिनभित्र कर भुक्तानी गर्न सूचना समेत जारी गरेको छ।

एनसेलको ८० प्रतिशत स्वामित्व बिक्री गर्दा ६२ अर्ब ६३ करोड ४९ लाख रुपैयाँ लाभकर निर्धारण गरेकोमा उसले अग्रिम कर र विलम्ब शुल्क गरी २३ अर्ब ५७ करोड ४२ लाख रुपैयाँ भुत्तानी गरेको ठूला करदाता कार्यालयले जनाएको छ।

एनसेलले २५ प्रतिशत आयकर वापत ३५ अर्ब ९१ करोड ३४ लाख, ऐन बमोजिमको शुल्क १८ अर्ब ३३ करोड र ब्याज ८ अर्ब ३९ करोड रुपैयाँ निर्धारण गरेको छ। एनसेलले अग्रिम रुपमा २१ अर्ब ५४ करोड ८० लाख र बिलम्व वापत २ अर्ब २ करोड ६२ लाख रुपैयाँ भुत्तानी गरिसकेको ठूला करदाता कार्यालयले जनाएको छ।

अदालतले तीन महिनाभित्र कर निर्धारण गरी उठाउन सरकारलाई आदेश दिएको थियो।