एनसेलले तिर्न बाँकी आयकर ३९ अर्ब ६ करोड

एनसेलले तिर्न बाँकी आयकर ३९ अर्ब ६ करोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – ठूला करदाता कार्यालयले एनसेलले तिर्नुपर्ने आयकर निर्धारण गरेको छ । कार्यालयका अनुसार कम्पनीले आयकर, शुल्क, ब्याज, विलम्ब शुल्क गरी कुल ३९ अर्ब ६ करोड रुपैयाँ दाखिला गर्न बाँकी छ ।

अहिलेसम्म एनसेलले ठूला करदाता कार्यालयमा पुँजीगत लाभकर २१ अर्ब ५४ करोड ८० लाख र विलम्ब शुल्क दुई अर्ब दुई करोड रुपैयाँ बुझाएको थियो । ठूला करदाता कार्यालयले मंगलबार एनसेल प्रालिका नाममा उक्त रकम निर्धारण गर्दै आठ दिनभित्र दाखिला गर्न निर्देशन दिएको छ । टेलिया सोनेरा कम्पनी स्विडेनले मलेसियाको एक्जिएटा बरहादलाई एक खर्ब ४३ अर्ब ६५ करोडमा एनसेल बिक्री गरेको थियो ।

-आयकर ऐन, २०५८ बमोजिम २५ प्रतिशतले हुने कर : ३५ अर्ब ९१ करोड ३४ लाख २६ हजार ५ सय

-उक्त ऐनबमोजिमको विलम्ब शुल्क : १८ अर्ब ३३ करोड ७ लाख ३६ हजार

-ऐनबमोजिमको ब्याज (०७६ वैशाखसम्म) : ८ अर्ब ३९ करोड ८ लाख १२ हजार

-कुल : ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार

-दाखिला गरेको रकम : २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार

-अब बाँकी : ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार  यो खबर आजको नयांपत्रिका दैनिकमा छ ।