स्याङ्जामा चट्याङ लागेर युवकको मृत्यु, ५५० वटा कुखुरा मरे

स्याङ्जामा चट्याङ लागेर युवकको मृत्यु, ५५० वटा कुखुरा मरे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- स्याङ्जाको बिरुवा गाउँपालिका-२ श्रीडाँडामा चट्याङका कारण एक युवकको मृत्यु भएको छ भने कुखुरा फार्ममा ठूलो क्षति पुगेको छ ।

शुक्रबार साँझ आफ्नै घरमा बसिरहेका बेला चट्याङ लागेर घाइते भएका २० वर्षीय मिलन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए ।

उनलाई शनिबार बिहान उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैदिन साँझ हरिनास गाउँपालिका–४ सारुथरस्थित तेजबहादुर थापाले सञ्चालन गरेको कुखुरा फार्ममा अचानक चट्याङ परेको थियो ।

चट्याङ लाग्दा फार्ममा रहेका साना–ठूला गरी ५५० वटा कुखुरा मरेका छन् भने फार्म पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ ।