विभिन्न मन्त्रालय र निकायका १२ सहसचिवको सरुवा

विभिन्न मन्त्रालय र निकायका १२ सहसचिवको सरुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत एक दर्जन सहसचिवहरूको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुपनारायण भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।

यस्तै अर्थ मन्त्रालयअन्तर्गत साना ऋण व्यवस्थापन कार्यालयका विष्णु ढकाललाई प्रदेश २ मा, गृह मन्त्रालयका मनोहर खनाललाई गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा, घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्तबहादुर सुनारलाई कर्णाली प्रदेशको आर्थिक मामिला मन्त्रालयमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सुशील ढकाललाई राष्ट्रिय सूचना आयोगमा, सूचना आयोगकी गीताकुमारी हुमागाइंलाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।

यसैगरी, श्रम मन्त्रालयका प्रल्हाद सापकोटालाई राष्ट्रिय दलित आयोगमा, प्रदेश ३ को मुख्यमन्त्री कार्यालयका रमेश सिवाकोटीलाई अर्थ मन्त्रालयमा, गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्रालयका फणिन्द्र पोख्रेललाई गृह मन्त्रालयमा, प्रदेश २ का सामाजिक विकास मन्त्रालयका देवीराम भण्डारीलाई आदिवासी जनजाति आयोगमा र सूचना विभागका महानिर्देशक बालकृष्ण घिमिरेलाई प्रदेश ३ को आर्थिक मामिला मन्त्रालयमा सरुवा गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।