एजेन्सी – भारतका विभिन्न राज्यमा आएको शक्तिशाली आँधीहुरीले अहिलेसम्म कम्तिमा ३१ जनाको ज्यान गएको छ,भने,अन्य दर्जनौं घाइते भएका छन्। मंगलबार राति आएको हावाहुरीले मध्यप्रदेशमा १६, राजस्थान ६ र गुजरातमा ९ जनाको मृत्यु भएको हो।
हावाहुरीमा परी दर्जनौं मानिस घाइते भएका छन् भने करौडौंको बालीनाली र सम्पत्ति नष्ट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आँधीका कारण धेरैजसो स्थानमा विकासका पूर्वाधार क्षतिग्रस्त भएका छन्। भारतको मौसम विभागले बुधबार देशको कयौं हिस्सामा शक्तिशाली आँधी आउने खतरा भएका कारण सतर्क रहन सुझाब दिएको छ।
आँधीका कारण प्रधानमन्त्री नरेन्द्र्र मोदीले बुधबार गुजरातमा सम्बोधन गर्ने कार्यक्रम स्थल तहसनहस भएको छ। मोदीको चुनावी सभालाई सम्बोधनका लागि बनाइएको सो कार्यक्रम स्थलको स्टेज र टेन्ट भत्केको भारतीय सञ्चार माध्यमले जनाएका छन्। अरेबियन सागर र बे अफ बंगालबाट आएको मौसमी प्रणाली र पश्चिमी वायुको प्रणाली मिसिँदा उक्त हावाहुरीसहित वर्षा भएको भारतको मौसम विभागले जनाएको छ।
यो मौसमी प्रणालीको प्रभाव नेपालमा पनि पर्ने भएकाले सर्तक रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार बुधबार देशैभरि सामान्य देखि पुर्ण बदली रही पश्चिमी क्षेत्रका अधिकांश क्षेत्र, पूर्वी तथा मध्य क्षेत्रका केही स्थानमा चट्टयांग तथा हुरी बतास सहित हल्का देखि मध्ययम वर्षारअसिना पानीको सम्भावना छ। आँधीका कारण मानवीय क्षति भएसँगै प्रधानमन्त्री मोदीले दुःख व्यक्त गरेका छन्।




प्रतिक्रिया