पाल्पामा बम बिस्फोट,गाउँपालिका भवनमा क्षति

पाल्पामा बम बिस्फोट,गाउँपालिका भवनमा क्षति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 पाल्पा – पाल्पाको रिब्दीकोट गाउँपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ । जिल्लाको को रिब्दिकोट गाउँपालिका ३ खस्यौली मा रहेको गाउँपालिका भवनमा बम पड्किएको हो । बमले गाउँपालिका भवनमा क्षति पुगेको छ ।

राति १ बजे बम बिस्फोट भएको हो । यसैगरी बाग्लुङमा भेटिएको बम सेनाको डिस्पोजल टोलीले निस्किय पारेको छ । त्यस्तै काभ्रेको पनौतीमा पनि विप्लव समूहले राखेको बम सेनाले निस्किय पारेको छ । बम विप्लव समूहले पड्काएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि घटनाबारे थप विवरण भने आउन बाँकी छ ।