पोखरामा बम डिस्पोज गर्ने क्रममा कालिभन्ज्याङ गणका एकजना घाइते

पोखरामा बम डिस्पोज गर्ने क्रममा कालिभन्ज्याङ गणका एकजना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – बिहीबार विप्लव नेतृत्व नेकपा समुहले आह्वान गरेको बन्दमा पोखरामा बम फेला परेको छ । पोखरा ३ नदीपुर गण्डकी प्रदेशसभा भवन नजिकै फेला परेको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

उक्त बम डिस्पोज गर्ने क्रममा नेपाली सेनाका एकजा घाइते भएका छन् । सबेरै फेला परेको बम डिस्पोज गर्ने क्रममा कालिभन्ज्याङ गणका नायक धर्म बहादुर थापा घाइते भएका छन् ।  घाइते थापाको हातमा चोट लागेको र उपचारका लागि फिस्टेल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यस्तै, पोखरा २९ स्थित सैनिक बस्तीमा सकेट बम फेला परेको छ । घटनास्थलमा नेपाली सेनाको टोली डिस्पोजका लागि पुगिसकेको छ ।