उर्जामन्त्री पुनले बाँडे शहीद र वेपत्ता परिवारलाई जस्तापाता

उर्जामन्त्री पुनले बाँडे शहीद र वेपत्ता परिवारलाई जस्तापाता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा –उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले रोल्पाका शहीद तथा वेपत्ता परिवारलाई जस्तापाता वितरण गरेका छन् । सम्बृद्ध रोल्पा फोउडेसका संरक्षक समेत रहेको मन्त्री पुनले फाउण्डेसनले रोल्पाको लिवाङमा बिहीबार गरेको एक समारोहका बीच जस्तापाता वितरण गरेका हुन् ।

चुनावका क्रममा रोल्पामा भएका सबै फुसको छाना भएका घरलाई हावा पानीबाट सुरक्षित बनाउन जस्ता पाता वितरण गर्ने प्रतिवद्धता जनाएका अुनसरा नै सांसद सुरक्षित आवास कार्यक्रम मार्फत पहिलो चरणमा शहिद तथा वेपत्ता परिवारलाई जस्ता वितरण गरेको पुनले बताए ।

पुनले पाँच वर्षको आफ्नो कार्यकालमा रोल्पामा रहेका झण्डै १४ हजार परिवारलाई छाना वितरण गरिसक्ने प्रतिवद्धता जनाए । पुनले विभिन्न संघ संस्थासँगको समन्वयमा छाना वितरण गरिएको बताए ।