सांगठनिक एकता अनिर्णितकै बेला प्रचण्ड पुगे सुकुटे

सांगठनिक एकता अनिर्णितकै बेला प्रचण्ड पुगे सुकुटे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सपरिवार सिन्धुपाल्चोकस्थित सुकुटे पुगेका छन् ।

प्रचण्ड पत्नी सीता र परिवारका अन्य सदस्यसहित बिहीबार भोटेकोशी किनारमा रहेको सुकुटे बिच रिसोर्ट पुगेका हुन् ।

उनी बिहीबार राति त्यहीँ बस्ने कार्यक्रम छ।

तत्कालीन एमाले र माओवादीबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टीको तल्लो तहको सांगठनिक एकता टुंगो लाग्न लागेको भनिएका बेला प्रचण्ड सुकुटे पुगेका हुन्।

यसअघि गत बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रचण्ड लगायत नेताहरू चन्द्रागिरी रिसोर्टमा बसेका थिए।