पौडेलको दोस्रो वक्तव्यः ‘पत्नीको नाममा रहेको ८ कठ्ठा जग्गा बेचेर बालुवाटारमा ८ आना किनेको हुँ’

पौडेलको दोस्रो वक्तव्यः ‘पत्नीको नाममा रहेको ८ कठ्ठा जग्गा बेचेर बालुवाटारमा ८ आना किनेको हुँ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरिएको प्रकरणमा मुछिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले फेरि अर्काे वक्तव्य जारी गरेका छन्।

उनले बालुवाटारमा ८ आना सरकारी जग्गा किनेको खबर सार्वजनिक गरेपछि वक्तव्यमार्फत् स्पष्टीकरण दिएका उनले फेरि शुक्रबार वक्तव्य जारी गरेर ‘सरकारी जग्गा हडप्ने दुषित मनसायले कागज श्रेस्ता मिलाई किर्ते, जालसाजी वा गैरकानुनी कार्य गरी जग्गा दर्ता गर्ने वा गराउने कुनै कार्यमा आफू र आप्नो परिवारका कुनै पनि सदस्यको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नरहेको जिकिर गरेका छन्।

बरु उनले नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर १० साविक तिलकपुर गाउँ विकास समिति, वडा नम्बर–३० स्थित श्रीमतीको नाममा रहेको ८ कट्ठा जग्गा २०६१ असोज २४ गते बिक्री गरी प्राप्त स्रोतबाट ललिता निवासको ८ आना जग्गा खरिद गरिएको प्रष्टिकरण दिएका छन्।

पौडेलले आफ्नो छोरा नवीन पौडेलको नाममा रहेको बालुवाटारस्थित कित्ता नं। ३०९ को क्षेत्रफल ०–०–१–१ र कित्ता नं। ३१५ को क्षेत्रफल ०–७–२–३ ९कूल आठ आना० जग्गाका सम्बन्धमा जनमानसमा भ्रम सिर्जना हुने र वास्तविकता ओझेल पर्नेगरी प्रकाशितरप्रसारित समाचारहरूप्रति दुःख व्यक्त व्यक्त गरेका छन् ।

ललिता निवासले चर्चेको जग्गा हिनामिनाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ ।