बुटवलमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा

बुटवलमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधामन्त्री केपी शर्मा ओलीलाई शनिबार बुटवलमा कालो झन्डा देखाइएको छ। बुटवलस्थित जितगढी विजयी उत्सवलाई सम्बोधन गर्दैगर्दा प्रधानमन्त्री ओलीलाई एक युवा कार्यक्रम स्थल प्रवेश गरी कालो झन्डा देखाएका हुन्।

उजिरसिंह जिन्दाबाद, हाम्रो देश प्राणभन्दा प्यारो छ लगायतका नारा लगाउँदै कार्यक्रमस्थल प्रवेश गरेका अर्घाखाँचीका रुद्र घिमिरेले कार्यक्रमस्थलमा प्रधानमन्त्रीलाई कालो झन्डा देखाएका हुन्।

उनलाई तत्काल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रधानमन्त्री ओलीले बुटवल उपमहानगरपालिकामा रहेको ऐतिहासिक जीतगढी किल्लामा कर्णेल उजुरसिंह थापाको पूर्ण कदको सालिक अनावरण गरेका छन् ।

तिनाउ खोला किनारमा रहेको गढी क्षेत्रमा निर्माण भएको नौ फिट उचाइको सालिक र त्यसै छेउमा ४२ फिट उचाइको राष्ट्रिय झण्डाको पनि प्रधानमन्त्री ओलीले झण्डोतोलन गरेका छन् ।