दार्चुला – शनिवार दार्चुला भ्रमणमा खलंगा पुगेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल दार्चुला भ्रमण गर्ने केपी ओली नेतृत्वको वर्तमान सरकारको पहिलो मन्त्री बनेका छन् । सरकार गठन भएको एक वर्षपछि संघीय सरकारका मन्त्रीले पहिलो पटक दार्चुलामा पाइला टेकेका हुन् ।
शुक्रवार बैतडी जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रममा शिक्षा मन्त्री पोखरेल सहभागी भएका थिए । शुक्रवार साँझ नै मन्त्री पोखरेलको टोली गोकुलेश्वर पुगेको थियो । मन्त्रीको टोलीले शनिवार विहान दार्चुलाको प्रमुख धार्मिकस्थल मालिकार्जुन मन्दिर समेत दर्शन गरेको छ । खलंगामा दार्चुला बहुमुखी क्याम्पस र प्रदेश नं ७ कि महिला नेतृ लक्ष्मी बि।क ज्यु को सक्रियताले मन्त्री ज्यु को निकै स्वागत कार्यक्रम गरिएको छ ।

शनिवार दिउसो शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाको आयोजनामा दार्चुला जिल्लामा शिक्षाको वर्तमान अवस्था र भावी योजना विषयक अन्तरक्रिया पनि गरिएको छ । मन्त्री पोखरेल यी चारवटै कार्यक्रममा सहभागी भई शनिवार अपरान्ह दार्चुलाबाट फर्किएका छन् । आइतवार डडेल्धुरा जिल्लालाई पूर्ण साक्षर घोषणा गर्ने कार्यक्रममा मन्त्री पोखरेल सहभागी हुने उनका प्रेस संयोजक सुनिल खड्काले बताए ।
दार्चुलामा यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भ्रमण गर्ने तयारी भएका थियो । माघ २५ गते सुरु भएको दार्चुला महोत्सवको उदघाटन गर्ने आउने भनिएका उपप्रधानमन्त्री पोखरेलको भ्रमण मौसम खरावीका कारण स्थगित भएको थियो । हेलिकोप्टरमार्फत उपप्रधानमन्त्रीले त्यतिबेला दार्चुला भ्रमण गर्ने कार्यतालिका थियो ।
शिक्षा मन्त्रीको टोली भने मोटरबाटो भएर दार्चुला पुगेको हो । २५ सदस्यीय ओली नेतृत्वको वर्तमान सरकारका दार्चुला भ्रमण गर्ने पहिलो शिक्षा मन्त्री पोखरेलले बनेका छन् । ‘दार्चुला आउने धेरै पहिलादेखिको इच्छा थियो, तर समय मिलाउन सकिएको थिएन । यसपाली बैतडी, डडेल्धुराको औपचारिक कार्यक्रममा सहभागी हुदा दार्चुला पनि पुग्ने अवसर मिल्यो’ पहिलो पटक दार्चुला पुगेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भने ।




प्रतिक्रिया