काठमाडौं – श्रीलंकामा क्रिश्चियन धर्मावलम्बीले इस्टर पर्व मनाइरहँदा त्यहाँका चर्च तथा होटलहरुमा शृंखलाबद्ध बम आक्रमणमा परेर निर्दोष मानिस मारिएको प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुख व्यक्त गरेका छन् ।
श्रीलंका कोचिकाडेको सेन्ट एन्थोनी चर्च र कटुवापिटियाको सेन्ट सेवास्टिएन्स चर्चका साथै कोलोम्बोस्थित होटल सांग्रिला र सिनामोन ग्रान्ड होटलमा शृंखलाबद्ध बम विस्फोट गराएको हो । प्रधानमन्त्री ओलीले ट्विट गर्दै श्रीलंकाका प्रधानमन्त्री रनील बिक्रमसिंघेमार्फत श्रीलंकाली जनतालाई समवेदना व्यक्त गरेका छन् ।
I am deeply saddened by multiple bomb blasts and killings of innocent people in Sri Lanka. I express my condolence with Rt. Hon'ble Ranil Wickramasinghe, PM of SriLanka and bereaved families of victims of brutality. I wish speedy recovery of the injured.
— KP Sharma Oli (@PM_Nepal) April 21, 2019
प्रधानमन्त्रीले घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । उनले मृतकका आफन्तप्रति गहिरो समवेदन व्यक्त गरेका छन्। आइतबार बिहान श्रीलंकाको राजधानीलगायत ६ स्थानमा बम विस्फोट १३७ जनाको मृत्यु भएको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । समाचारम जनाइएअनुसार २२० जना घाइते भएका छन्।




प्रतिक्रिया