सैनिक विद्यालयको परिक्षामा पदिय दुरुपयोगः प्रधानाध्यापकसहित ३ पदमुक्त 

सैनिक विद्यालयको परिक्षामा पदिय दुरुपयोगः प्रधानाध्यापकसहित ३ पदमुक्त 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली सेनाले रिपुमर्दिनी सैनिक विद्यालयको लिखित प्रवेश परिक्षामा पदिय मर्यादा विपरित काम गर्नेलाई कार्वाही गरेको छ । 

सैनिक जनसम्र्पक निर्देशनालयले पदीय मर्यादा एवं आचरण समेतलाई ख्याल नगरी प्रवेश परीक्षा उत्तिर्ण गराउने उद्देश्यले सहयोग गर्नुका साथै शैक्षिक संस्थाको छवि धमिल्याउने र नेपाली सेना तथा उक्त विद्यालयलाई समेत गम्भीर आंच आउने कार्य गरेको पाइएको हुंदा उक्त कार्यमा संलग्न विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारी गरी तीन जनालाई पदमुक्त गरिएको जनाएको छ । 

सेनाको विज्ञप्तिमा भनिएको छ ‘लिखित प्रवेश परीक्षामा सहभागी परीक्षार्थीहरुलाई प्रधानाध्यापक लगायत शिक्षक र कर्मचारी समेतले परीक्षा प्रणालीको मर्म र भावना विपरित काम गरेको पदीय मर्यादा एवं आचरण समेतलाई ख्याल नगरी प्रवेश परीक्षा उत्तिर्ण गराउने उद्देश्यले प्रत्यक्ष सहयोग लगायतको कार्य गरी शैक्षिक संस्थाको छवि धमिल्याउनुको साथै नेपाली सेना तथा उक्त विद्यालयलाई समेत गम्भीर आंच आउने कार्य गरेको पाइएको हुंदा उक्त कार्यमा संलग्न विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारी गरी तीन जनालाई मिति २०७६ बैशाख ०९ गतेबाट लागु हुने गरी पदमुक्त गरिएको जानकारी गराईन्छ ।’

सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित रिपुमर्दिनी सैनिक विद्यालय, बांसवारी काठमाडौंमा नयां शैक्षिक सत्र २०७६ मा कक्षा १ को लागि विद्यार्थी भर्नाको निमित्त सञ्चालन भएको लिखित प्रवेश परीक्षामा प्रधानाध्यापक लगायत शिक्षक र कर्मचारी समेतले परीक्षा प्रणालीको मर्म र भावना विपरित काम गरेको भन्दै उजुरी परेको थियो ।