प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक युवा पक्राउ गरेका छन् । दाङ तुल्सीपुर-५ घर भएका कीर्तिपुर बस्ने २४ वर्षीय ललित वलीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका(२९ डिल्लीबजारस्थित महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा वलीले मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएकाले कारबाहीबाट बच्न ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।