प्रधानमन्त्री ओलीले भने -केही बर्ष अघि हङकङमा ड्राइभरले मोबाइल चलाएको सुन्दा नेपालीहरु अनौठो मान्थे

प्रधानमन्त्री ओलीले भने -केही बर्ष अघि हङकङमा ड्राइभरले मोबाइल चलाएको सुन्दा नेपालीहरु अनौठो मान्थे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजले सूचना प्रविधिमा छोटो समयमा नै फड्को मारेको बताएका छन्। बिहीबार । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मोबाइलसँग जोडिएको प्रविधि हाम्रो अभिन्न अंग भइसक्यो। यो डिजिटल नेपालतर्फको यात्रा हो।’

नेपालमा केही बर्ष अघिसम्म पनि मोबाइल चलाउनु अनौठो मानिने बताउंदै प्रधामन्त्री ओलीले अहिले यो अत्यावश्यक वस्तु भइसकेको समेत बताए । ‘केही बर्ष अघिसम्म हङकङमा ड्राइभरले मोबाइल चलाएको कुरा सुन्दा नेपालीहरु अनौठो मान्थे तर अहिले आफ्नै घरमा बच्चालाई मोबाइलबाट जोगाउन गाह्रो भइसक्यो’ ।
प्रधानमन्त्री ओलीले प्रविधिलाई उत्पादनसँग जोड्नु पर्ने बताएका छन् ।

‘प्रविधिलाई उत्पादन र विकाससँग जोडेर उपयोग गर्नुपर्दछ ” प्रधानमन्त्री ओलीले भने, ‘प्रविधिले छिटो र उन्नतस्तरको ज्ञान दिन सक्छ । त्यसको सदुपयोग गर्नु पर्दछ ।’ वर्तमान समयमा प्रविधिलाई नकारात्मक कुराको प्रचार गर्ने माध्यमको रुपमा प्रयोग भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘सामाजिक सञ्जाल र सुचना प्रविधिलाई गलत रुपमा उपयोग गर्नु मुन्तलामा ऐजेरु र धानमा साँवा पलाए जस्तै हो’ प्रधानमन्त्रीले भने ‘त्यसकारण यस्ता प्रवृतिलाई निस्तेज पार्दै लैजानु पर्दछ । प्रविधिको प्रयोग मार्फत समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न सहज बन्ने प्रधानमन्त्री ओलीको भनाइ छ। कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको पनि उपस्थिति थियो।