सरकारको नीति तथा कार्यक्रम आज, राष्ट्रपतिले सम्बोधन गर्ने

सरकारको नीति तथा कार्यक्रम आज, राष्ट्रपतिले सम्बोधन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले आज शुक्रबार आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह ४ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने भएको छ । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका नै सांसदहरु उपस्थित रहने भएको छ ।

सरकारले तयार पारेको नीति तथा कार्यक्रमलाई राष्ट्रपतिले वाचन गर्नुहुने भएको हो । गतवर्ष पनि कतिपय ठाउँमा भाषिक त्रुटी भएको र सम्मान गर्नुपर्ने पदलाई सम्मान नगरिएको भन्दै आलोचना भएको थियो ।

संघीय संसदका सभामुख कृष्णबहादुर महराले बैठक सञ्चालन गर्नुहुने भएको छ । नीति तथा कार्यक्रमका आधारमा नै सरकारले आर्थिक वर्ष २०७६-०७७ को बजेट प्रस्तुत गर्ने छ । संविधानले नै जेठ १५ गते वजेट प्रस्तुत गर्नुपर्ने वाध्यकारी व्यवस्था गरेपछि केही वर्षदेखि यही दिन वजेट प्रस्तुत हुँदै आएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो सरकार बनेपछि जनताको पक्षमा काम गर्छौ भन्दै आएपनि त्यो अनुसार काम नभएपछि जनतामात्र होइन सर्वसाधारणले पनि सरकारको आलोचना गर्दै आएका छन् । तर सरकारले आउँदो वजेटमा भने जनताको मन छुने योजनाहरु समेटिएको दावी गरेको छ ।

विगतमा सरकारको नीति तथा कार्यक्रम आउनुअघि प्रि–वजेट छलफल गरिने परम्परा रहँदै आएकोमा यसपालि भने त्यो नहुने भएको छ । तर सरकारले भने प्रि-वजेट छलफल नीति तथा कार्यक्रम पछि पनि हुने दावी गर्दै आएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रि–वजेट छलफल गर्न सरकार तयार नभएकोमा आपत्ति जनाएको छ । संघीय संसदको बैठक सुरु हुनुभन्दा अघिल्लो दिन सिंहदरवारमा बसेको संसदीय दलको बैठकले वजेटका विषयमा पहिले नै छलफल गर्न पाउने सांसदको अधिकार कटौती गर्न खोजेकामा सरकारको आलोचना गरेको थियो । संसदको बैठक आव्हान गर्दा नै आज सरकारको नीति तथा कार्यक्रम गर्ने टुंगो लागेको थियो । यो समाचार आजको समाचारपत्रमा छ ।