काठमाण्डु– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक भोलि बिहान ११ बजे बस्ने छ ।
बैठकमा सभापति गगन थापाले सहमतिका लागि संसदीय दलको नेता प्रस्ताव गर्ने कार्यक्रम रहेको छ ।
यस्तै कार्यसम्पादन समितिको बैठक लगत्तै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बस्ने सहमहामन्त्री एवं निर्वाचन समिति संयोजक प्रकाश रसाइली ‘स्नेही’ले जानकारी दिए ।
दलको नेता चयन गर्न शुक्रबार निर्वाचन तोकिएको थियो तर सहमतिमै नेता चुन्ने भन्दै स्थगन गरिएको थियो ।




प्रतिक्रिया