नयाँ शक्ति र फोरमबीच सोमबार एकता गर्ने सहमति

नयाँ शक्ति र फोरमबीच सोमबार एकता गर्ने सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच पार्टी एकता गर्ने सहमति भएको छ। एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ। सहमतिपत्रमा नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन्।

 यसै हप्तादेखि दुबै पार्टीबीच एकताका लागि वार्ता भएको थियो। १९ बैशाखमा वार्तामा राष्ट्रिय जनता पार्टी (राजपा) पनि मिसिएको थियो। तर, नेतृत्व र कतिपय सांगठनिक विषयमा कुरा नमिल्दा एकता हुने कुरामा आशंका जन्मिएको थियो।

आउँदो वैशाख २३ गते सोमबार प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रमको आयोजना गरी पार्टी एकता घोषणा गरिने भएको छ। नयाँ शक्ति पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेका अनुसार एकीकृत पार्टीमा नयाँ शक्तिका संयोजक डाक्टर भट्टराई पहिलो वरीयताको अध्यक्ष रहनेछन् भने संघीय समाजवादी फोरमका अध्यक्ष यादव दोस्रो वरीयतामा रहनेछन्।