प्रधानमन्त्री ओली रोस्टममा पुग्दा संसदमा हंगामा

प्रधानमन्त्री ओली रोस्टममा पुग्दा संसदमा हंगामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोस, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेपछि संसदमा हंगामा भएको छ । प्रमुख विपक्षी दल कांग्रेसका सांसदहरुले संसद अवरोध गरेका छन् ।

कांग्रेसका सांसद मीनबहादुर विकले ध्यानाकर्षण गराउँदा सभामुखले ध्यान नदिएको भन्दै कांग्रेस सांसदहरुले सदन अवरोधको प्रयास गरेका हुन् ।सदन अवरोधको प्रयासपछि प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘प्रश्नको जवाफ चाहियो कि चाहिएन ? मर्यादित ढंगको व्यवहार प्रयोग गर्नुस् ।’

प्रधानमन्त्री ओलीले काँग्रेसका सांसदहरुले अपशब्द बोलेको भन्दै रेकर्ड सुनाउन सभामुखलाई आग्रह गरे ।प्रधानमन्त्रीले रोष्टममा बोलिरेका बेला प्रधानमन्त्रीको जवाफ चिक्त नबुझेपछि काँग्रेसका सबै सांसदहरु आफ्नो सिटबाट उठेर आफ्ना प्रश्नको स्पष्ट जवाफ माग गरेका थिए ।

सभामुख कृष्णबहादुर महाराले पटक–पटक आफ्नो सिटमा बस्न कांग्रेसका सांसदहरुलाई आग्रह गरेपनि उनीहरुले विरोध गरिरहे । सभामुख महराले प्रधानमन्त्रीलाई अघि बढ्न आग्रह उनले संसदमा अपशब्द बोल्ने भन्दै प्रश्न गरे । उता काँग्रेस सांसदहरुले पनि रेकर्ड सुनाउन सभामुखलाई आग्रह गरे ।

काँग्रेस सांसदहरुका नाराबाजीका बीच प्रधानमन्त्री केपी ओलीले द्धन्द्धकालीन घटना समाधानका लागि सरकारले काम गरिरहेको बताएर आफ्नो जवाफ सकिएको बताए ।