काठमाण्डु – मुस्ताङको जोमसोम क्षेत्रमा लेक लागेर १ जना भारतीय पर्यटकको मृत्यु भएको छ ।
तमिलनाडु राज्यका ६३ वर्षीय भानु मठ्ठीको आईतबार लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
भारतबाट भानु मठ्ठीसहित २४ जनाको टोली मुक्तिनाथ दर्शनका लागि जोमसोम पुगेकोमा मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित होटल प्राइड अगाडि गाडीबाट ओर्लिने क्रममा लेक लागेर अचानक श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जोमसोम पुर्याएको र चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ईश्वर महतले जानकारी दिए ।




प्रतिक्रिया