अनुष्का श्रेष्ठले पहिरिन ‘मिस नेपाल २०१९’को ताज

अनुष्का श्रेष्ठले पहिरिन ‘मिस नेपाल २०१९’को ताज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०१९’को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । बिहीबार भएको फाइनलमा उनले सबै प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् । प्रतियोगिताको अन्तिम राउण्डमा ७ जना छानिएका थिए ।

अनुष्काले सात जनालाई पछि पार्दै ‘मिस नेपाल २०१९’को उपाधि हात पार्न सफल भएकी हुन् । उनलाई ‘मिस नेपाल वर्ड्र २०१८’की शृङ्खला खतिवडाले ताज पहिराएकी हुन् ।

यस्तै, ‘मिस नेपाल यूनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले जितेकी छिन् । ‘मिस नेपाल अर्थ’को उपाधि रिया बस्नेत र ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि मिरा कक्षपतिले हात पारेकी छन् । त्यस्तै यस पटक मिस नेपाल सुप्रानेशनल भनेर नयाँ उपाधि पनि थपिएकोमा उक्त ताज रोज लामाले पहिरिन् । यो समाचार आजको नयांपत्रिका दैनिकाम छ ।