काठमाडौं – काठमाडौं उपत्यकामा बढदो सवारी प्रदुषण नियन्त्रण गर्न प्रहरीले अभियान सञ्चालन गरेको छ । सवारी साधनले अत्याधिक रुपमा धुवाँ फ्याक्दा सर्वसाधारण नागरिकको स्वास्थ्यमा असर गरेपछि यातायात व्यवस्था विभागको समन्वयमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले अभियान अगाडि बढाएको हो ।
यातायात व्यवस्था विभागले सवारी साधनको चेकजाँच गरेपनि प्रभावकारी बन्न सकेको छैन् । छ÷छ महिनामा सवारी परीक्षण गरेर हरियो स्ट्रिकर टाँस गरेपनि धुवाँ फ्याक्ने क्रम बढदै गएको छ । बढ्दो सवारी प्रदुषणलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीले यातायात व्यवस्था कार्यालयका कर्मचारी सहित सडकमा नै सवारी साधनको चेकचाजँ अगाडि बढाएको हो ।
यातायात कार्यालयमा चेकजाँच हुने सवारी साधन पनि सडकमा चेकजाँच गर्दा फेल भएका छन् । अभियान सुरु भएको एक महिनाको अवधिमा सडकमा चेकजाँच भएका सवारी साधन आधा भन्दा बढी फेल भएका छन् । हरियो स्ट्रिकर लिएर पनि धुवाँ फ्याक्ने सवारी साधनलाई कानुनी कारवाही समेत अगाडि बढाइएको छ । ट्राफिक प्रहरीले प्रर्याप्त मेसिन नहुँदा अपेक्षा गरेअनुसार सवारी चेकजाँच गर्न पाएको छैन् ।
यातायात व्यवस्था विभाग अन्तर्गत गरेको मेकानिकल तथा सवारी प्रदुषण नियन्त्रण शाखाले सवारी परीक्षण गर्दै आएको छ । तर प्रभावकारी बन्न सकेको छैन् । सीमित स्रोत साधनको कारण नागरिकहरुको स्वास्थ्यमाथि नै असर गर्दा पनि विभागले पर्याप्त ध्यान नदिएको गुनासो छ । यो खबर आजको समाचारपत्रमा छ ।




प्रतिक्रिया