सुनको भाउ बढ्यो


काठमाडौं – बिहीबार सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ६० हजार ७०० मा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन तोलामा ६० हजार ६०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ६० हजार ४०० मा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्यमा भने बिहीबार कुनै घटबढ भएको छैन । बुधबार ७२५ मा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement