हेटौँडा – जिल्ला प्रहरी कार्यालय मकवानपुरले १२० किलोग्राम लागुऔषध गाँजासहित दुईलाई पक्राउ गरेको छ। शनिबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालयले लागुऔषध गाँजासहित ना३ख ३७१५ नंको ट्रक, ट्रकचालक तथा धनी र सवार एकलाई सार्वजनिक गरेको हो।
प्रहरीले ट्रक धनी तथा चालक मकवानपुरको राँक्सीराग गाउँपालिकाका २८ वर्षीय सुकुलाल थिङ र ट्रकमा सवार राँक्सीराग गाउँपालिकाकै नमराज दर्जीलाई पक्राउ गरी अनुसन्धान तथा कारबाही अगाडि बढाएको जनाएको छ।
प्रदेश नं ३ प्रहरी कार्यालयमा प्राप्त विशेष सूचनाका आधारमा जाँच गर्दा लागुऔषध गाँजा भेटिएको प्रहरीले जनाएको छ। कसुर सावित भएमा लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम दुई वर्षदेखि १० वर्षसम्म कैद र रु १५ हजारदेखि रु एक लाखसम्म जरिवानाका साथै सवारीसाधनसमेत जफत हुने प्रावधान छ। रासस




प्रतिक्रिया