यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमय दर


काठमाडौं – आइतबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ०६ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ ६६ पैसा रहेको छ ।

एक युरोको खरिददर १२५ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ७८ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४२ रुपैयाँ ९२ पैसा र बिक्रिदर १४३ रुपैयाँ ६९ पैसा रहेको छ ।

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २८ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३० रुपैयाँ ७८ पैसा र बिक्रिदर ३० रुपैयाँ ९४ पैसा रहेको छ ।

यसैगरी कुवेती एक दिनारको खरिददर ३६८ रुपैयाँ २६ पैसा र बिक्रिदर ३७० रुपैयाँ २३ पैसा रहेको छ । राष्ट्र बैंकको तुलनामा बाणिज्य बैंकहरुले भने केही पैसा तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement