सिरहाको पन्चाबति मन्दिर मेलामा लाखौ भक्तजनहरुको भीड भाडमा एकको मृत्यु

सिरहाको पन्चाबति मन्दिर मेलामा लाखौ भक्तजनहरुको भीड भाडमा एकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-महेश सिंह महतो

सिरहा – सिरहाको लहन नगरपालिका १७ ढोढनास्थित रहेका राजदेवी मन्दिरमा आजै शनिबारको दिन बली चढाउने लाखै भक्तजनहरुको भीड देखिएको छ । सो भीड भाड र गर्मी को कार्न मानिशहरु चिन्चित भएका छन।

आज अहिंशा र शान्तीका प्रतिक गौतम बुद्धको जन्मजयन्तीका दिन लहान स्थित राजदेवी पञ्चावती मन्दिरमा हजारौं पशुपंक्षीको बली दिईन्छ । पछिल्लो समयमा राजदेवी मन्दिर बाराको गढीमाई मन्दिरपछि दोस्रो धेरै संख्यामा बलि दिइने मन्दिरको रुपमा लिने गरिन्छ ।

राजदेवी मातालाई भाकल गरे सन्तान प्राप्ति हुने, रोग ब्याधीबाट मुक्ति मिल्ने र मनोकांक्षा पुरा हुने जन विश्वास रहेको छ । सोही कारण बली चढाउन र मेला हेर्न राजदेवी मन्दिरमा भक्तजनहरुको भिड लागेको छ । यो मन्दिरमा आफ्नो भाकल पुरा गर्न पशुपंक्षीको बली दिन सिरहा, सप्तरी, उदयपुर, धनुषासहित छिमेकी मुलुक भारतको बिहार राज्यबाट समेत श्रद्धालुहरु आउने गर्दछन ।

सिरहाको लहान बजारदेखि करिब ६ , ७ किलोमिटर उत्तर भेगमा ढोढनाको बानो गाउदेखि करिब ५०० मिटर उत्तर पुर्वमा पर्ने चुरेको छेउमा सानो डाँडामाथि रहेको राजदेवि मन्दिरमा वर्षभरि गरेको मनोकामना पुरा भएको विश्वासमा एक वर्षमा एक दिन बैशाख शुक्ल पूर्णिमाकै दिन बली चढाउने परम्परा रहेकोले सो ठाउमा बली चढाउने भक्तजनहरुको ठुलो भिड लागेको छ ।

सो भीड मा सिरहाको सुखिपुर नगरपालिका २ बस्ने ४०,४५ बर्षको गोपाल यादबलाई गर्मी र भीड मा बोका खसी चधाउने क्रम्मा फेन्ड भएको थियो। फेन्ड भएका यादब लाई उहाको आफन्तहरु अस्पताल लिआउने क्रम्मा यादबलाई मृत्यु भएको छ। अन्दाजी बर्ष ४०,४५ को गोपाल यादब लाई मृत्यु भएको छ। मृत्यु भएको यादब‌‌लाई पोस्ट मेडमकालागी लहान स्थित रहेको राम कुमार उमाप्रसाद स्माग अस्पतालमा राखिएको ईलाका प्रहरी कार्यलका डिए सपी राजेश थापाले जानकारी दिएका छन्।