संघीय प्रणाली नरुचाउनेहरु सल्बलाउन खोजेः प्रचण्ड

संघीय प्रणाली नरुचाउनेहरु सल्बलाउन खोजेः प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय प्रणालीलाई नरुचाउनेहरू सल्बलाउन खोजेको बताएका छन् ।

आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘संघीय गणतन्त्रलाई नरुचाउने र हिजोको केन्द्रीकृत व्यवस्था रुचाउने मान्छेहरू सल्बलाउन थालेका छन्’ प्रचण्डले थपे, ‘हामीले छिटोभन्दा छिटो भौतिक पूर्वाधार निर्माण गर्नुपर्दछ ।

त्यस्ता व्यक्तिहरूलाई चुप लगाउनका लागि संघीय प्रणालीले जनतालाई सेवा दिएर र विकास निर्माणका कामलाई तीव्रता दिनुपर्ने धारणा राखेका छन् ।

‘जनतालाई सेवा दिने कुरालाई गती दिँदै विकास निर्माणमा पनि गती दिनुपर्दछ ।’ अध्यक्ष प्रचण्डले संघीय सरकारले अगाडि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारालाई पनि साकार पार्नका लागि तीनवटै तहका सरकार लाग्नुपर्ने बताए ।