पर्वत – पर्वतमा आफैँले बनाइरहेको बम बिस्फोट हुँदा दुई जना गम्भीर घाइते भएका छन् । जिल्लाको विहादी गाउँपालिका–६ शालिग्राम छापमा आफैँले बनाइरहेको बम बिस्फोट हुँदा २७ वर्षीय छविलाल घर्ती र १६ वर्षीय समिर राना गम्भीर घाइते भएका हुन् ।
आइतबार साँँझ उनीहरुले आफ्नै घरमा जीआई पाइप र सलाईको सहायताबाट सकेट बम बनाइरहेको अवस्थामा बिस्फोट भएको थियो ।
विस्फोटमा परि गम्भीर घाइते छविलाल घर्तीलाई प्राथमिक उपचार पश्चात् थप उपचारका लागि गण्डकी क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ भने रानाको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
घाइते दुबै जनाको प्रहरीको निगरानीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।




प्रतिक्रिया