दुई विद्येयक सदनमा पेश

दुई विद्येयक सदनमा पेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले प्रतिनिधिसभाको आजको बैठकमा ‘औद्योगिक व्यवसाय विधेयक, २०७५’ प्रस्तुत गरे ।विधेयक प्रस्तुत गर्दै मन्त्री यादवले उच्च आर्थिक वृद्धिदर हासिल गर्न आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्नुपर्ने र वैदेशिक लगानी आर्कर्षित गर्नका लागि उक्त विधेयक आवश्यक रहेकाले सदनमा पेश गरिएको जानकारी दिए ।

मन्त्री यादवले सदनमा पेश गर्नुभएको विधेयकका सम्बन्धमा सांसद प्रेम सुवालले प्रस्तुत गरेकाे विरोधको सूचनालाई निर्णयार्थ पेश हुँदा बहुमत सदस्यले अस्वीकृत गरेको थियो ।  त्यस्तै गृहमन्त्री रामबहादुर थापाले ‘प्रहरी समायोजना विधेयक,२०७५’ सदन समक्ष पेश गरे । नेपालको संविधानको धारा ३०२ को उपधारा दुई अनुसार सदन समक्ष उनले सो विधेयक पेश गरे ।

विधेयकका सन्र्दभमा सदनलाई जवाफ दिदैं मन्त्री थापाले सङ्घ, प्रदेश र स्थानीय तहमा प्रहरी समायोजना गर्नुपर्ने भएकाले सो विधेयक आवश्यक रहेको जानकारी गराए ।