पाँचथर – पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको ठाउँबाट केही परै अर्का एक युवकको शव भेटिएको छ । रुखमा झुण्डिएको अवस्थामा भेटिएको शव मानबहादुर माखिमको रहेको प्रहरीले जनाएको छ ।
रुखमा झुण्डिएको अवस्थामा भेटिएका मोखिम मृतक फियाक परिवारका ज्वाइँ हुन् । रुखमा झुण्डिएको अवस्थामा माखिमको शव फेला फेला परेपछि हत्यामा उनकै संलग्नता रहेको हुनसक्ने प्रहरीको आशंका छ । यद्यपि, घटनामा उनको कुनै संलग्नता थियो–थिएन भन्ने विषय चाहिँ रहस्यमय नै रहेको छ ।
अनुसन्धान अधिकारीले दुवै घटनालाई जोडेर अनुसन्धान थालेको १ न. प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र प्रदेश १ प्रहरी कार्यालयको टोली त्यसतर्फ गइसकेको छ ।




प्रतिक्रिया