आइजीपी खनालले भने -प्रहरी संगठनका खेलाडीहरुको सेवा सुविधा वृद्धि गर्छौ

आइजीपी खनालले भने -प्रहरी संगठनका खेलाडीहरुको सेवा सुविधा वृद्धि गर्छौ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द खनालले प्रहरी संगठनका खेलाडीहरुलाई सेवा सुविधा वृद्धि गर्ने योजना तय गरिएको जानकारी दिएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल प्रहरी संगठनलाई प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई सम्मान गर्दै उनले देशको प्रतिष्ठा बढाउने गरी खेलकुद क्षेत्रमा लागेका संगठन भित्रका खेलाडीहरुलाई छिट्टै आफ्ना सेवा र सुविधा वृद्धि हुनेमा ढुक्क रहन पनि आग्रह गरे।

आइजीपी खनालले खेलकुद क्षेत्रको विकासका लागि संगठन भित्र आवश्यक व्यवस्था मिलाउने कामलाई अघि बढाइएको समेत बताए।