तीन प्रदेशमा मेडिकल कलेज खाेल्ने सरकारकाे तयारी

तीन प्रदेशमा मेडिकल कलेज खाेल्ने सरकारकाे तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले बर्दिवास, बुटवल र सुर्खेतमा मेडिकल कलेज सञ्चालनका लागि प्रारम्भिक कार्य तीव्र गतिमा अगाडि बढाएको छ । यहि गतिमा काम भए आगामी दुइवर्षभित्र तीनसय शैयाको अस्पताल र पाँच वर्षभित्र मेडिकल कलेज पूर्ण रुपमा सञ्चालन गर्ने लक्ष्य लिएको छ।

सरकारले सातवटै प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्ने नीति अनुसार प्रदेश २ को बर्दिवास, प्रदेश ५ को बुटवल र कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज सञ्चालन गर्न लागेको हो। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलका स्वकीय सचिव पुरन केसीले तीनवटै स्थानमा आगामी पाँच वर्षभित्र मेडिकल कलेज सञ्चालन गर्ने गरी काम अघि बढेको जानकारी दिएको छ।

बुटवल र बर्दिवासमा कलेज सञ्चालन गर्ने काम तीव्र गतिमा अघि बढेको छ, केसीले भने,’सुर्खेतमा पनि केही समयपछि द्रुत गतिमा काम अघि बढ्नेछ।’ बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाका प्रमुख देवी सुवेदीले हाल भइरहेको गतिमा काम अघि बढे तीन वर्षभित्र तीनसय शैयाको अस्पताल सञ्चालनमा ल्याउने जानकारी दिए। उनलेपाँच वर्षभित्र कलेजलाई पूर्ण रुपमा तयार गरी पठनपाठन समेत सुरु गर्ने बताउनुभयो ।

उहाँले सरकारको नीति अनुसार मेडिकल कलेजको लागि जग्गा पहिचान भइसकेको जानकारी दिँदै कलेज सञ्चालनका लागि कार्यालयसमेत स्थापना गरेर काम सुरु गरिएको बताए। चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार सरकारले सातवटै प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्ने उद्देश्य अनुसार बर्दिवास, सुर्खेत र बुटवलमा तीव्र गतिमा काम भइरहेको छ, कलेज निर्माण आयोजना प्रमुख सुवेदीले भने,’चालु आर्थिक वर्षमै हामीले सम्भाव्यता अध्ययन गरी माटो परीक्षण गरिसक्नेछौं।’ of] खबर गाेरखापत्र दैनिकमा  छ ।