ओली सरकारले जनतालाई खुशी र सुख दिन सकेनः गगन थापा

ओली सरकारले जनतालाई खुशी र सुख दिन सकेनः गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले दुईतिहाइको बलियो सरकारले एक वर्षको अवधिमा सोचेअनुरुप काम गर्न नसकेको आरोप लगाएका छन् ।

नेपाल महिला सङ्घ पाल्पाको आयोजनामा सदरमुकाम तानसेनमा मङ्गलबार भएको काङ्ग्रेस जागरण अभियान कार्यक्रममा नेता थापाले इतिहासकै बलियो नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार रहेको अवस्थामा ठूला–ठूला विकासका काम गरेर देखाउने समयमा सामान्य कामसमेत गर्न नसकेको आरोप लगाए ।

सरकारले नेपाली जनतालाई विकासको प्रत्याभूति दिलाएर खुशी र सुख दिन नसकेको उल्लेख गर्दै उनले अझै पनि जनताले लोकतन्त्रको अनुभूति गर्न नपाएको बताए । थापा कांग्रेसले सोमबार गठन गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका संयोजक हुन् ।