१३ वर्षीया बालिका घरमै मृत भेटिइन्
लहान – लहान नरपालिका ४ स्थित आफ्नै घरमा एक बालिका आज मृत अवस्थामा फेला परेकी छन् ।
स्थानीय ज्योति लाल महतोको १३ वर्षीया छोरी गुरिया कुमारी महतो मृत फेला परेको प्रहरीले जनाएको छ । गुरीया विगत केही दिनदेखि अस्वथ्य थिइन् ।
मृतकको शव पोष्मार्टमको लागि राम कुमार उमा प्रसाद स्मारक अस्पताल लहानमा लगिएको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी ईन्सपेक्टर विजय यादवले जनकारी दिए । घटनाको बारेमा अनुसंधान सुरु गरिएको उनले बताए ।