रौतहटमा नेकपा कार्यकर्ताबीच झडपः वडा अध्यक्षमाथि कुटपीट

रौतहटमा नेकपा कार्यकर्ताबीच झडपः वडा अध्यक्षमाथि कुटपीट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – विकासको बजेट सञ्चालन गर्ने विषयमा रौतहटमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताबीच झडप भएको छ । झडपमा फतुुआ विजयपुर नगरपालिका – ४ का वडा अध्यक्ष ब्रह्म नारायण यादव कुटिएका हुन् भने अन्य केहि घाइते भएका छन् । झडपको क्रममा नेकपाकै एक कार्यकर्ताको गाडीमा समेत तोडफोड भएको छ ।

प्रदेश सरकारले दिएको एक करोडको बजेटमध्ये २५ लाखको योजना उपभोक्ता समितिमार्फत सञ्चालन गर्ने बिषयमा विवाद हुुँदा फतुुआ विजयपुुर नगरपालिकास्थित नेकपाका कार्यकर्ताबीच मंगलवार साँझ दोहरो झडप भएको छ ।