अमेरिकी राजदूतसँग परराष्ट्रले लियो स्पष्टिकरण

अमेरिकी राजदूतसँग परराष्ट्रले लियो स्पष्टिकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली जनतासँग सामाजिक सञ्जालमा प्रत्यक्ष संवादगर्ने उद्घोषपछि विवादमा आएका अमेरिकी राजदूत ¥यान्डी बेरीलाई परराष्ट्र मन्त्रालयले बोलाएर जानकारी लिएको छ।

परराष्ट्र सचिव शंकरदास बैरागीले बुधबार दिउँसो मन्त्रालयमा बालाइएका राजदूत बेरीसँग करिब आधाघण्टा ‘राजदूतसँग गफगाफ’ कार्यक्रमलगायत विषयमा जिज्ञासा राखेका थिए। सचिव बैरागीले राजदूत बेरीसँग मन्त्रालयमा भेटवार्ता भएको पुष्टी गरे पनि कुराकानीबारे बताउँन मानेनन् ।

कुराकानी नेपाल र अमेरिका द्विदेशिय हितबारे केन्द्रीत रहेको प्रतिक्रियामात्र दिए। राजदूत बेरीको फेसबुक भिडियो सन्देश सार्वजनिक भएलगत्तै सचिव बैरागीले मंगलबार ‘यसरी स्वेच्छाले एउटा कूटनीतिक अधिकारीले संवाद गर्न नमिल्ने प्रतिक्रिया दिएका थिए।

अमेरिकी दूतावासले बुधबार अपरान्ह प्रेस नोट जारी गर्दै जनतासँग प्रत्यक्ष जोडिनुलाई कूटनीतिको एक प्रमुख काम भनेको छ। यो खबर कान्तिपुर दैनिकमा छ ।