काठमाण्डु १४ वैशाख _ सप्तरीको बोदेबर्साइन नगरपालिकामा सोमबार बिहान शौचालयमा लडेर मृत्यु हुनेमा बारा जिल्लाको पचरोता नगरपालिका–८, अमरपटी घर भएका ३५ वर्षीय सशस्त्र प्रहरी हबलदार जितेन्द्र यादव रहेका छन्। उनी सशस्त्र प्रहरी बलको राजविराजस्थित कार्यालय अन्तर्गत बोदेबर्साइन नगरपालिका–५ मा रहेको क्याम्पमा कार्यरत थिए।
प्राप्त जानकारीअनुसार शौचालय जाने क्रममा यादव एक्कासी लडेका थिए। घटनापछि उनलाई तत्काल उद्धार गरिए पनि ज्यान जोगाउन नसकिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया