काठमाडौंमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
काठमाडौं – काठमाडौंको तारकेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । तीन जना चढेको मोटरसाइकललाई टिप्परले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
बुधबार राती तारकेश्वर नगरापलिका–११ जोरङखु लामबगरमा बा ५ ख ६४४९ नम्बरको टिप्परले बा ८० प ७२९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी बसेका रसुवाका २७ वर्षीय आकाश तामाङको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा वीर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल पछाडि बसेका नुवाकोटका २८ वर्षका राजकुमार तामाङको वीर अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकलका चालक भने सकुशल छन् ।