नुवाकोटमा विभिन्न अपराधमा संलग्न एकसय ६८ जना पक्राउ

नुवाकोटमा विभिन्न अपराधमा संलग्न एकसय ६८ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट – चालु आर्थिक वर्षको १० महिनामा नुवाकोटमा विभिन्न अपराधमा संलग्न एकसय ६८ जनालाई प्रहरीले पक्राउ गरेको छ । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म विभिन्न घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

पक्राउ गरिएका मध्ये सार्वजनिक कसुरमा १८, कुटपिटमा १८, सवारी ज्यान कसुरमा १२, ललाइफकाइ तथा करकाप जालसाजीमा ११, जुवातास कसुरमा नौ, चोरीडकैतीमा १२, लागूऔषध कसुरमा ड, गालीबेइज्जती तथा झैझगडा कसुरमा आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान कसुरमा ८, नागरिकता कसुरमा ६, मानव बेचबिखन तथा ओसारपसार कसुरमा ६, जबर्जस्ती करणी कसुरमा ६, सम्बन्धविच्छेद कसुरमा ६, सामाजिक अपराध कसुरमा ४ र भवितव्य ज्यान कसुरमा ४ जना पक्राउ परेका छन् ।नुवाकोट प्रहरीले गत वर्ष विभिन्न घटनामा संलग्न १ सय ५६ जनालाई पक्राउ गरी कारागार चलान गरिएको थियो। उनीहरुबाट पाँच लाख १५ हजार रुपैयाँ जरिवानासमेत असुल गरिएको थियो ।