काठमाडौं – नेपाली कांग्रेसका युवा नेता गगन थापाले आफूले निर्वाचन जितेको काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेका छन् ।
उनले नेपाल क्यान्सर रिलिफ सोसाइटीको सहयोगमा पिपुल्स हेल्थ कार्यक्रममार्फत स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षणका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेका हुन् ।
उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देशमार्फत शनिबार वडा नम्बर ३० मा स्तन तथा पाठेघरको मुखको क्यान्सर परिक्षणका लागि निःशुल्क शिविर आयोजन गर्न लागिएको जानकारी दिएका हुन् ।
नेता थापाले ३० नम्बर वडाका १० स्थानमा हरेक शनिवार नियमित रुपमा शिविर चलाइने बताएका छन् । उनले पहिलो शिविर शनिबार मैतिदेवी मन्दिर नजिकै रहेको सनवे इन्टरनेसनल बिजनेस स्कुलमा हुने भिडियो सन्देशमार्फत जानकारी दिएका छन् ।
पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका थापाले भिडियो सन्देशमा आफ्नो घर नजिकै स्थानीय एक महिलाको पाठेघरको मुखको क्यान्सरका कारण भएको मृत्यु स्मरण गर्दै भनेका छन्, ‘‘हामीले बचाउन सक्ने एउटा जीवन गुमायौं । यो एक जना दिदीको कथामात्र होइन । नेपालमा पाठेघरको मुखको क्यान्सरबाट हामीले सयौं यस्ता दिदीबहिनीहरु प्रत्येक वर्ष गुमाइरहेका छौं ।’




प्रतिक्रिया