काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपाल त्यागेका १८ जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले दल त्याग गरेका जनप्रतिनिधिको निर्वाचित पद रिक्त भएको सूचना प्रकाशित गरेको हो ।
आयोगले बिहीबार सूचना जारी गर्दै दल त्याग गरेका जिसस प्रमुख, उपप्रमुख, उपाध्यक्ष, वडाअध्यक्ष र सदस्यको निर्वाचित पद रिक्त भएको जनाएको हो ।
आयोगका अनुसार जसपा नेपालले २०८३ असोज २ मा निर्णय गर्दै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम जसपा नेपालको केन्द्रीय समितिले आयोगलाई गराएको छ।
पद रिक्त हुनेमा सिरहाका ३ जना, पर्साका २ जना, खोटाङका ८ जना, भोजपुरका १ जना, उदयपुरका १ जना, इलामका २ जना र सुनसरीका १ जना छन्। दल त्याग गर्नेमा सिराहाको लहान नगरपालिकाका उपप्रमुख राम चरितर महतो पनि रहेका छन्।
त्यस्तै, पर्साको कालिकामाई गाउँपालिका–१ का वडाध्यक्ष लालबाबु राउत बरै र वडा नम्बर ३ का वडाध्यक्ष संजय कुमार पटेलको पद पनि रिक्त भएको छ ।
खोटाङमा जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राई, केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सात जनप्रतिनिधिको पद रिक्त भएको छ । उक्त नगरपालिकाबाट वडा नम्बर १० का वडाध्यक्ष मुगा धन राई, वडा महिला सदस्य कल्पना राई, दलित महिला सदस्य गीता विक, वडा सदस्य रामधन राई र शहरमनी राई तथा नगर कार्यपालिका सदस्य वीरेन्द्र कुमार दर्नालको पद रिक्त भएको आयोगको सूचनामा उल्लेख छ ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ का वडाध्यक्ष बालचन्द्र राई, उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ का वडाध्यक्ष छत्रबहादुर राई, इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद कुमार नेम्बाङ र सन्दकपुर गाउँपालिका–४ का वडाध्यक्ष दाहालबहादुर गुरुङको पद पनि रिक्त भएको छ ।
त्यसैगरी सुनसरीको कोशी गाउँपालिका–६ का वडाध्यक्ष जुडिलाल कोड्गियाको पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ ।




प्रतिक्रिया