माओवादीमा बादल उपप्रधानमन्त्री, मातृका मन्त्री बन्ने निश्चित


काठमाडौं–नेकपा माओवादी केन्द्रका नेता मातृका यादव मन्त्री हुने पक्का भएको छ । माओवादी नेता रामबहादुर थापा वादलको नेतृत्वमा आजै मन्त्रिमण्डलमा पठाउने माओवादी तयारी छ । अन्य नेताहरुको नाममा सहमती नजुटे आजै मातृकासहित शशि श्रेष्ठ र वर्षमान पुनलाई सरकारमा पठाउने गरी छलफल चलिरहेको छ ।

सरकारको नेतृत्वमा बादललाई पठाउने विषयमा सहमती भएपनि गृहमन्त्रालय उनलाई नदिन माओवादीभित्र चर्को दबाव छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुंदा रक्षामन्त्री बनेका थापा तत्कालिन प्रधानसेनापति रुक्माङगत कटुवालसंगको सम्बन्धका कारण बिवादमा आएका थिए । बादलकै कारण तत्कालिन प्रचण्ड नेतृत्वको सरकार र सेनाकोबीचमा सम्बन्ध समेत बिग्रेको थियो ।

प्रधानसेनापति कटुवाललाई सरकारले बर्खास्त गरेपछि प्रचण्ड नेतृत्वको सरकारले राजिनामा दिन बाध्य हुनुपरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड सुरक्षा निकायसंग बादलको सम्बन्ध समुधुर नभएको भन्दै उनलाई सरकारको नेतृत्व दिएर अर्को शक्तिशाली मन्त्रालयमा पठाउनुपर्ने पक्षमा छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारमा सहभागी हुने मन्त्रीहरुको बारेमा छलफल सुरु गरेको स्रोतको दाबी छ ।
नेकपा एमालेले अर्थ मन्त्रालय लिने र माओवादीलाई गृह मन्त्रालय दिने सहमति एमाले अध्यक्षद्वय ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भइसकेको छ । माओवादी केन्द्रले आज सांझसम्म मन्त्री बन्नेहरुको नाम प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेको छ।

मओवादीबाट बादल, बर्षमान ,शशि श्रेष्ठ,यादवसहित ७ नम्बर प्रदेशबाट लेखराज भट्ट, ६ नम्बरबाट शक्ति वस्नेत मन्त्री बन्ने प्रवल सम्भावना छ । मन्त्रीका लागी देवेन्द्र पौडेल,चक्रपाणी खनाल,अग्नी सापकोटा,गिरिरजामणी पोखरेल,अमनलाल मोदी, जनार्दन शर्मा र हरिवोल गजुरेल दौडमा छन् । सभामुखमा पुर्व गृहमन्त्री कृष्णबहादुर महरा बन्ने लगभग पक्कापक्की भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement