धर्म सापेक्ष वा निरपेक्ष नभई स्वतन्त्रः महामन्त्री कोइराला

धर्म सापेक्ष वा निरपेक्ष नभई स्वतन्त्रः महामन्त्री कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्म स्वतन्त्रताको कुरामा आफुहरु लागि पर्दै आएको बताएका छन् ।

विश्वकै अग्लो शिव र पार्वतीको मूर्ति निर्माण गर्ने, सिसमहल, ज्योतिर्लिङ स्थापना र धर्मशाला बनाउने उद्देश्यले पर्वतमा जेठ १ गतेबाट सञ्चालित कोटीहोम तथा सामूहिक तुला दान महायज्ञको समापन कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले धर्म सापेक्ष वा निरपेक्ष नभई स्वतन्त्र हुने बताए ।

उनले भने, ‘राज्यको न धर्म सापेक्ष हुन्छ न निरपेक्ष, राज्य धर्मका विषयमा स्वतन्त्र हुन्छ ।’

उनले कांग्रेसको झन्डामा रहेका चार तारामध्ये एउटा ताराको अर्थ धार्मिक स्वतन्त्रता भएको भन्दै कांग्रेसको सिद्धान्त नै धार्मिक स्वतन्त्रता भएको स्पष्ट पारे । महायज्ञ मूल आयोजक समितिका संयोजक पृथ्वीनारायण शर्माले हिमालय पर्वतकी छोरी तथा महादेवकी पत्नी पार्वतीको जन्म पर्वतको पाङमा नै भएको बताए ।