मिडिया विधेयक फिर्ता नभए सडक चर्काउने कांग्रेसको चेतावनी

मिडिया विधेयक फिर्ता नभए सडक चर्काउने कांग्रेसको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले ल्याएको मिडिया विधेयक संसदबाट अघि बढाउन नदिने चेतावनी दिएका छन् ।

सरकारले संसदमा पेश गरेको प्रेस स्वतन्त्रता, मानव अधिकार र राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषयमा संविधानको प्रतिकूल हुने गरी आएका विधेयक संसदबाट फिर्ता नभए सडक आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

पार्टीको राष्ट्रिय जागरण अभियान अन्तर्गत आइतबार काठमाण्डुमा आयोजित कार्यक्रममा उनले संविधानको रक्षा गर्न कांग्रेसलाई सडकमा जानुपर्ने बाध्यता प्रधानमन्त्री केपी ओली बनाएको आरोप लगाए । प्रधानमन्त्री ओलीले संसद र जनप्रतिनिधिहरुको अपहेलना गरिरहेको उल्लेख गर्दै त्यसका विरुद्ध पार्टी दृढतापूर्वक खडा हुने उनले बताए ।

खाँणले दुई तिहाई बहुमत प्राप्त प्रधानमन्त्री ओली विनम्र हुनु पर्नेमा संसद र जनप्रतिनिधिहरुप्रति अनुदार हुँदै गएकाले विरोध गर्नु परेको स्पष्ट पारे ।