राष्ट्रिय सभा सदस्य सिफारीसमा नारायणकाजी श्रेष्ठले जनाए प्रचण्डसमक्ष असन्तुष्टी


काठमाडौं– राष्ट्रिय सभा सदस्य नियुक्तीको सम्बन्धमा माओवादीभित्र असन्तुष्टी देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीले तीन जनालाई राष्ट्रिय सभामा मनोनित गरेकी थिईन । राष्ट्रिय सभामा माओवादीले अधिवक्ता समेत रहेका रामनारायण विडारीलाई सिफारीस गरेको थियो । एमालेले भने पुर्व गर्भनर युवराज खतिवडा र विना पौडेललाई सिफारीस गरेको थियो ।

विडारी नारायणकाजी श्रेष्ठ समूहबाट माओवादीमा एकता गरेर आएका हुन् । विडारीलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रियसभामा मनोनित गरेपछि वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले असन्तुष्टी जनाएका छन् ।

माओवादी स्रोतले दिएको जानकारीअनुसार श्रेष्ठले आफुसंग सल्लाह नगरी राष्ट्रिय सभामा मनोनित गरेको भन्दै प्रचण्डसंग असन्तुष्टी जनाइसकेका छन् । गोरखाबाट नयां शक्तिका संयोजक बावुराम भट्टराईसंग पराजित भएका श्रेष्ठ राष्ट्रिय सभामा जान इच्छुक रहेका समाचार सार्वजनिक भइरहेको बेला माओवादी केन्द्रबाट विडारीको नाम सिफारीस भएको हो ।

पुर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले काठमाडौंपाटीसंग कुरा गर्दै भने ‘राष्ट्रियसभामा पठाउने विषयमा सल्लाह भएन, म जाने भन्ने कुरा होईन,तर पार्टीमा सल्लाह हुनुपथ्र्यो भन्ने मेरो धारणा हो ।’ राष्ट्रियसभामा विडारीको सिफारीसबारे तपाई असन्तुष्ट हो भन्ने प्रश्नमा श्रेष्ठले सिफारीस गर्दा सल्लाह गर्नुपर्ने भन्ने मात्र आफ्नो भनाई रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement