सरकारले विप्लवका नेताहरुलाई सम्मान गर्ने

सरकारले विप्लवका नेताहरुलाई सम्मान गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताहरूलाई सम्मान गर्ने भएको छ ।

जेठ ८ गते गृह मन्त्रालयद्वारा जारी गरिएको सूचनाअनुसार जेठ १६ गते गणतन्त्र दिवसको अवसर पारेर विप्लव समूहका स्थायी समिति सदस्य खड्कबहादुर विश्वकर्मा, उमा भुजेल, सन्तोषकुमार बुढा मगरसहितका नेतालाई संविधानसभा पदकबाट विभूषित गर्न लागिएको हो ।

पूर्वमन्त्री समेत रहेका विश्वकर्मा २०६४ सालमा कालीकोट–१ बाट संविधानसभा सदस्यमा निर्वा्चित भएका थिए । २०६४ सालमा रोल्पा– २ बाट चुनाव जितेका विप्लव समूहकै नेता मगरले पनि संविधानसभा पदक पाउने भएका छन् ।

त्यस्तै, विप्लव समूहकी पोलिटब्यूरो सदस्य भुजेल पहिलो संविधानसभामा निर्वाचनमा गोरखाबाट समानुपातिक सभासद बनेकी थिइन् ।

विभूषण समारोह राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना हुँदैछ । संविधान निर्माणमा उल्लेखनीय योगदान पुर्‍याए बापत भन्दै उनीहरूलाई विभूषित गर्न लागिएको मन्त्रालयले जनाएको छ ।