नेपाली सेनाबाट तालिम लिए अमेरिका, चीन, भारतसहित १० देशका सैनिकले

नेपाली सेनाबाट तालिम लिए अमेरिका, चीन, भारतसहित १० देशका सैनिकले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– १० वटा देशका सैनिकले शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजबाट कमाण्ड तथा स्टाफ तालिम पूरा गरेका छन्।

नेपालसहित बंगलादेश, चीन, भारत, मलेसिया, माल्दिभ्स, पाकिस्तान, दक्षिण कोरिया, श्रीलंका र अमेरिकाका सैनिकले बुधबार सि.सं.२४ कमाण्ड तथा स्टाफ तालिम पूरा गरेका हुन्।

तालिममा नेपाली सेनाका सेनानी ४४ जना, सशस्त्र प्रहरी बलका नायव उपरिक्षक २ जना, नेपाल प्रहरीका नायव उपरिक्षक १ जना, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत १ जनाको सहभागीता रहेको थियो । त्यसैगरी,« भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, मलेशिया, माल्दिभ्स, दक्षिण कोरिया र अमेरिकाबाट १÷१ र चीनबाट २ जना बिदेशी शिक्षार्थीहरुसहित कुल ५८ जना शिक्षार्थी अधिकृतहरुले तालिम पूरा गरेर दीक्षित भएका हुन्।

सि.सं. १७ (सन् २०१०) बाट विदेशी शिक्षार्थीहरु सहभागी गराईएको उक्त तालिममा हालसम्म विभिन्न देशका ६३ जना विदेशी शिक्षार्थीहरु दिक्षित भइसकेका नेपाली सेनाले जनाएको छ।

सो तालिममा त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाजशास्त्रतर्फ स्नातकोत्तर तहको पाठ्यक्रम समावेश रहेको छ।

नेपाली सेना अन्तर्गतको आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा उपरोक्त मुलुकका सैनिक अधिकृतहरुले एकै ठाउँमा तालिम लिने गरेका छन्। उक्त तालिम सैनिक संगठनमा जर्नेल तहमा पुग्न अनिवार्य मानिन्छ।

दीक्षान्त समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले कमाण्ड तथा स्टाफ तालिममा सर्वप्रथम हने नेपाली सेनाका सेनानी सुमन थापालाई ‘उत्कृष्ट शिक्षार्थी पुरस्कार’ प्र्रदान गरे।
सोही अवसरमा उनले उक्त कलेजको वार्षिक मुखपत्र ‘दि शिवपुरी’ जर्नलको विमोचनसमेत गरे।

त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा.तिर्थराज खनियाले शिक्षार्थी सहित उत्तीर्ण सबै स्वदेशी तथा विदेशी शिक्षार्थी अधिकृतहरुलाई प्रमाण पत्र वितरण गरे। कलेजका शिक्षाध्यक्ष उपरथी प्रल्हाद थापाले सोध पत्रमा प्रथम स्थान हासिल गर्ने शिक्षार्थीलाई सैनिक कमाण्ड तथा स्टाफ कलेजको प्रतिक तथा नगद पुरस्कार प्रदान गरे।