कुमारी बैंकको एटिएम सगरमाथाको फेदमा

कुमारी बैंकको एटिएम सगरमाथाको फेदमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कुमारी बैंक लिमिटेडले सर्वोच्च शिखर सगरमाथा आरोही, त्यस क्षेत्रका पर्यटक तथा स्थानीयको दैनिक आर्थिक कारोबार सहजीकरण गर्ने उद्देश्यले सगरमाथाको फेद, सोलुखुम्बुको दिङ्गबोचेमा एटिएम सुविधा सुचारू गरेको छ ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका–४, दिङ्गबोचे, सोलुखुम्बु स्थित ४,४१० मिटर (चार हजार चार सय दश मिटर) उँचाइमा अवस्थित उक्त एटिएम देशकै सबैभन्दा उँचाइमा रहेको एटिएम हो । उक्त उद्घाटन समारोह बैंकका नायब महाप्रबन्धक मनिष तिमिल्सिना तथा त्यस क्षेत्रका वरिष्ठ वासिन्दा फु ताशी शेर्पा ज्यूले संयुक्त रुपमा सम्पन्न गरे । खुम्बु क्षेत्रका पदमार्गी पर्यटक लगायत स्थानीय वासिन्दालाई नगद बोकेर हिड्ँने झन्झटबाट मुक्ति दिलाउदँैे, कुमारी बैंक देशकै सबैैभन्दा उच्च स्थानमा एटिएम राख्ने पहिलो बैंक बन्न सफल भएको छ ।

हालसम्म कुमारी बैंकले देशभर रहेका ९० शाखा सञ्जाल, ८४ एटिएम, ३ एक्टेनशन काउन्टर लगायत ३ वटा शाखारहित ईकाई मार्फत अत्याधुनिक बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ ।