विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कने वातावरण बन्दैछः मन्त्री बस्नेत

विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कने वातावरण बन्दैछः मन्त्री बस्नेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भियना – वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले विदेशमा बस्ने हरेक नेपाली नेपालको दूत भएको बताएका छन् ।

भियनास्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाल समृद्धिको मार्गमा बढेको बताउँदै अघिल्लो वर्ष आधार वर्ष भएको बताए । ‘हामीले भनेका छौँ की अघिल्लो वर्ष आधार वर्ष बन्यो, संरचना बन्यो, अब विकास र समृद्धिको यात्रालाई गति पकड्ने छ,’ उनले भने ।

मन्त्री बस्नेतले नेपालको समृद्धिको यात्रामा विदेशमा बस्ने नेपाली समुदायको योगदान हुनुपर्ने बताए । विदेशमा रहेका नेपालीहरुले चाहिरहेको वातावरण नेपालमा बन्ने बताउँदै उनले सरकारले अधिकांश नेपालीहरु स्वदेश फर्कने वातावरण बनाउने बताए ।